बदर मत घटाउन काँग्रेस रुपन्देहीले मतदाता शिक्षा प्रदान गर्ने

news

बुटवल, कात्तिक ३०-आसन्न निर्वाचनमा बदर मतको संख्या घटाउन र मतदाता शिक्षालाइ प्रमावकारी नेपाली काँग्रेसले रुपन्देहीका मतदातालाइ मतदान गर्ने तरीकाका बारेमा जानकारी प्रदान गर्ने भएको छ । नेपाली काँग्रेस क्षेत्र २ को प्रदेश सभा २ को निर्वाचन परिचालन तथा प्रचार समितिको आज तिलोत्तमामा बसेको बैठले आशन्न निर्वाचनमा बदर मतको सख्या घटाउन मतदाता शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । समितिका संयोजक यमबहादुर खत्रीको अध्यक्षता र क्षेत्र न २ का निर्वाचन परिचालन मुल समितिका संयोजक रामबहादुर कार्कीको आथित्यतामा बसेको बैठकले प्रदेश सभा २ को प्रदेश सभा २ मापर्ने १० वटै वडाहरुमा मतदाता शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । त्यसकालागि प्रशिक्षकहरु तयार गर्ने र तीनलाइ मंसिर ४ गतेदेखि हरेक मतदाताको घरघरमा पठाइने समितिका सचिव माधवलाल देवकोटाले जानकारी दिनु भयो ।
 
स्थानीय निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर भएकाले यसपटक मतदाताको अमुल्य मत खेर नजावस भन्ने उद्येस्यले यस्तो कार्यक्रम संचालन गर्न लागीएको समितिका संयोजक यमबहादुर खत्रीले जानकारी दिनु भयो । बुटवलका ४ र तिलोत्तमाका ६ गरी दशवटै वडाका सबै मतदाताको घरदैलोमा काग्रेसका स्वयमसेवि प्रशिक्षक पुगेर मतदान गर्ने तरीकाका बारेमा जानकारी दिने बताइएको छ । त्यस्तै बैठकले चुनवी प्रचारलाइ प्रभावकारी बनाउन दश वटै वडामा प्रचार कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको  छ  । कार्यक्रममा बुटवल नगर सभापती खेलराज पाण्डेले परमानन्द भटटराइ, चिरन्जिवी पौडेल, सरद भट्टराइ लगायतले बोल्दै लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्दे संविधान कार्यान्वयन र विकासकालागि नेपाली काँग्रेसका उम्मेदवारलाइ जिताउन मतदाता समक्ष आग्रह गरेका छन ।
 
यसैबिच आजै वडा न ६ मा प्रचार कार्यालयको उदघाटन गरीएको छ । कार्यालयको उदघाटन गर्दै क्षेत्र न २ का प्रतिनिधि सभा उम्मेदवार युवराज गीरीले रुपन्देहीलाइ नै पाँच नम्बर प्रदेशको राजधानी बनाएर विकासको नमुना जिल्ला बनाउन नेपाली काँग्रेसको जितले मात्र सम्भव भएको बताउनु भयो ।