व्याडमिटनमा सन्तोष र जगतको समुह प्रथम

news

बुटवल,कात्तिक २५-
 बुटवल धागो कारखाना भित्र भएको आन्त्ररिक व्याडमिटन प्रतियोगितामा  सन्तोष रेग्मी र जगत  कार्कीको समुह प्रथम भएको छ ।  धागो कारखानामा नियमित रुपमा खेल्ने खेलाडीहरुका बीच भएको प्रतियोगितामा रेग्मी र कार्की प्रथम भएका हुन । रेग्मी र कार्कीले पदम केसी र धर्म थापालाई पछाडी पारी विजयी भएका हुन । त्यस्तै ईश्वरी चापागाई र रमेश पन्थीको समुह तेस्रो भएका छन । कूल १५ समुह ले प्रतियोगितामा सहभागिता रहेको थियो ।