माउण्ट स्टार नकआउट फुटबलमा आज दोस्रो सेमिफाइनल खेल हुद

news

बुटवल, कार्तिक २३-
बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबलमा आज दोस्रो सेमिफाइनलको खेल हुदैछ । आजको दोश्रो सेमिफाइनल खेल चर्च व्याइज काठमाण्डौ र राधाकृष्ण फुटवल क्लव बुटवलका बीचमा हुदैछ । नहरपुरमा जारी खेल अपरान्न चार बजेबाट सुरु हुने  खेल संयोजक बिनोद गौतमले जानकारी दिनुभयो । यस अघि हिजो नारायणगढ फुटवल क्लव चितवन बिजयी भएको थियो ।  हिजको पहिलो सेमिफाइनल खेलमा भैरव स्पोटर््स क्लव नवलपरासीलाई टाइबेकरमा ३।० ले पराजित गर्दै   नारायणगढ फुटवल क्लव बिजयी भएको हो । निर्धारित समयमा दुबै तर्फबाट गोल नभएपछी खेल टाइबेकरमा पुगेको थियो । हिजको खेलमा नारायण गढकै प्रदीप भण्डारी म्यान अफ दी म्याच भए ।