बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबलमा नारायणगढ फुटवल क्लव बिजयी

news

बुटवल,कार्तिक २२-
बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबलको आजको खेलमा नारायणगढ फुटवल क्लव चितवन बिजयी भएको छ ।  आजको पहिलो सेमिफाइनल खेलमा भैरव स्पोटर््स क्लव नवलपरासीलाई टाइबेकरमा ३।०ले पराजित गर्दै   नारायणगढ फुटवल क्लव बिजयी भएको हो । निर्धारित समयमा दुबै तर्फबाट गोल नभएपछी टाइबेकरमा पुगेको खेलमा पनि भैरवका खेलाडीले कुनै गोल गर्न सकेनन । नारायणगढका अजय थापा, सुदन चौधरी र निर्मल दुराले एक एक गोल गरेका थिए । आजको खेलमा नारायण गढकै प्रदीप भण्डारी म्यान अफ दी म्याच भएका छन । भोली दोश्रो सेमिफाइनल खेल चर्च व्याइज काठमाण्डौ र राधाकृष्ण फुटवल क्लव बुटवलका बीचमा हुने खेल संयोजक बिनोद गौतमले जानकारी दिनुभयो ।