पेरिस सम्झौतामा सिरिया सहभागी

कार्तिक २२-सिरिया जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहभागी हुने भएको छ । यसअघि जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिर रहँदै आएको सिरियाले सामेल हुने निर्णय गरेसँगै अब यो सम्झौताबाट बाहिर अमेरिकामा मात्रै रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा जलवायु परिवर्तन हावादारी कुरा रहेको भन्दै आफ्नो देश यो सम्झौताबाट बाहिने घोषणा गर्नुभएको थियो । सिरिया सम्झौतामा सामेल भएपछि अमेरिका मात्रै एउटा त्यस्तो देश हो जसले पेरिस जलवायु सम्झौताको विरोध गरेको छ ।
पेरिस सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण विश्वव्यापी सम्झौता हो ।