माउण्ट स्टार नकआउट : राधाकृष्ण फुटवल क्लव बिजयी

बुटवल,कार्तिक २१-
बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा राधाकृष्ण फुटवल क्लव बुटवलबिजयी भएको छ ।

जनज्योती क्लव डिङ्गरनगरलाई १का बीरुद्ध ३ गोल गर्दै राधाकृष्ण बिजयी भएको हो । निर्धारित समयमा दुबै क्लवबाट गोल हुन नसकेपछी खेल टाइबेकरमा पुगेको थियो । टाइबेकरमा जनज्योतिका सलमान गुरुगंले एक गोल गरेका थिए भने राधाकृष्णका कृष्ण चौधरी,भीम थापा र सुर्य थापाले एक एक गोल गरेका थिए  । । खेलमा राधाकृष्णका कृष्ण कार्की म्यान अफ दि म्याच घोषित भएको आयोजक माउण्ट स्टार युवाक्लवका खेल संयोजक बिनोद गौतमले जानकारी दिनुभयो ।
प्रतियोगितामा भोलीदेखि सेमी फाइनलका खेल सुरु हुने छन ।भोलीको खेल भैरव स्पोटर््स क्लव नवलपरासी र नारायणगढ फुटवल क्लव चितवनका बीच हुने छ ।