लगानिमैत्री वातावरण निमार्ण गर्न उपयुक्त आर्थिक नीतिको अभाव : महासंघका पुर्व अध्यक्ष ढकाल

news

बुटवल,कार्तिक २१- नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले नेपालको आर्थिक विकासका लागि लगानिमैत्री वातावरण  निमार्ण गर्न उपयुक्त आर्थिक नीतिको अभाव रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा आज बुटवलमा आयोजित कार्यक्रममा बोल्दै ढकालले नेपालको नीजि क्षेत्र लगानिमैत्री आर्थिक नीतिको प्रतिक्षामा रहेको बताउनुभयो ।
अहिले हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बिभिन्न राजनीतिक दलबाट मुलुकभर झण्डै पाँच दर्जन उद्योगि व्यवसायी चुनाबि मैदानमा उत्रिएको बताउदै  ढकालले नीति निर्माण तहमा उद्योगि व्यवसायीको प्रतिनिधित्वले देशको आर्थिक बिकासका लागि उपयुक्त नीति निर्माण गर्न महत्वपुर्ण भुमिका हुने बिचार व्यक्त गर्नुभयो । दुई छिमेकी मुलुक भारत र चिन विश्वकै ठुलो अर्थतन्त्र भएको मुलुकको रुपमा उभ्याउने प्रतिष्पर्धामा उत्रिइरहदा नेपाल भने झिना मसिना कुरामा अल्झिदा मुलुकको आर्थिक बिकासले गतिलिन नसकेको उहाको भनाइ छ ।
मुलुकको व्यापार घाटा कहालिलाग्दो अवस्थाबाट गुज्रिएको भन्दै उनले राज्यले आयात प्रतिस्थापन र निर्यातमुखी आर्थिक नीति अवलम्वन गर्नुपर्ने आवस्यकता औल्याउनुभयो ।