बुटवलमा जारी माउण्ट स्टार नकआउटमा आज अन्तिम क्वाटर फाइनलको खेल हुदै

बुटवल, कार्तिक २१
बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटर फाइनलको खेल हुदैछ । आजको खेलमा जनज्योती क्लव डिङ्गरनगर र राधाकृष्ण फुटवल क्लव बुटवलबिच प्रतिष्पर्धा हुदैछ । बुटवल ११ स्थित नहरपूर माबिको खेल मैदानमा अपरान्न ४ बजेबाट खेल सुरु हुने छ । यस अघि हिजो भएको तेस्रो क्वाटर फाइनलमा भैरव स्पोटर््स क्लव नवलपरासी बिजयी भएको छ । देशभक्त युवा क्लव मगरमुढा नवलपरासीलाई १—० ले हराउदै भैरव स्पोटर््स क्लव नवलपरासी बजयी भएको हो । जितकालागि भैरव स्पोटर््स क्लवका भक्त बहादुर आलेले खेलको पहिलो हाफमै एक  गोल गरेका थिए ।  खेलमा भैरव स्पोटर््स क्लवकै कान्छा गुरुङ म्यान अफ दि म्याच घोषित भएको आयोजक माउण्ट स्टार युवाक्लवका खेल संयोजक बिनोद गौतमले जानकारी दिए ।