बुटवल उवा संघको साधारण सभा तथा अधिबशेनको तयारी पुरा

बुटवल, २३ असोज । बुटवल उद्योग वाणिज्य संघको भोली बुधवार देखि सुरु हुने ६४ औ बार्षिक साधारण सभा तथा २३ औं अधिबशेनको तयारी पुरा भएको छ । अधिवेशन तथा साधारण सभामा प्रस्तुत हुने बिभिन्न प्रतिवेदन, बुटवलको आर्थिक बिकास र समसामयिक समस्या समेटिएको प्रस्तावहरु त्यार भइसकेका छन । सोही अवसरमा उद्योगि व्यवसायी सम्मान, उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार बितरण गर्ने कार्यक्रम पनि रहेको छ । अधिवेशन तथा साधारण सभाको नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालले उदघाटन गर्ने कार्यक्रम रहेको छ । संघको साधारण सभा बिहान १० बजेदेखि सुरु हुने छ । साधारण सभा पश्चात भोली बुधवार नै उम्मेद्धारी दर्ताको समय तय भइसकेको छ । प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार भोली बुधवार साझ ५ बजेदेखि साढे ७ बजेसम्मका लागि उम्मेद्धारी दर्ताको समय छुट्याइएको छ । उम्मेद्धारी उपर दाबी बिरोध पर्सी बिहीवार बिहान ८ बजेदेखि ९ बजेसम्म र उम्मेद्धारी फिर्ता बिहान साढे ९ बजेदेखि दिउसो २ बजेसम्म तय भइसकेको छ । त्यस्तै शुक्रवार बिहान ११ बजेदेखि साझ ५ बजेसम्म मतदानको समय तय गरीएको छ । संघमा २ हजार ५ सय बढी सदस्य भएपनि १ हजार ९ सय ९९ जना मात्रै मतदान प्रक्रियामा सहभागि हुन पाउने छन ।