मन्त्रिपरिषद् बैठक: भूकम्पपीडितलाई धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने

news

बुटवल
असोज,२३
सरकारले भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।
 सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज बिहान बसेको मन्त्रीपरिषद बैठकले भूकम्प पीडितहरुलाई घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।

भूकम्प पीडितहरुका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । मन्त्रीपरिषद बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी, संगठन संरचना पनि स्वकृत गरेको छ ।

सरकारले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग बनाउनुपर्ने हुन्छ । सोही आयोगका लागि आवश्यक जनशक्ति र संगठन संरचनासम्बन्धि प्रस्तावलाई सरकारले स्वकृत गरेको हो ।