राष्ट्रिय कंग्रेस आन्तरिक छलफलमा जुट्दै

news

बुटवल
असोज,२३

लोकतान्त्रिक गठवन्धन आवद्ध संघीय समाजवादी फोरम र राजपाले संघ र प्रदेशसभा निर्वाचनमा बढी सिट संख्या दावी गरेपछि नेतृत्वकर्ता दल कंग्रेसले आज त्यसबारे छलफल गर्दैछ । कार्यदल संयोजक विमलेन्द्र निधी र सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री एवं पार्टी सभापति शेरवहादुर देउवासंग छलफल गर्न लाग्नुभएको हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा विहान ११ बजेपछि हुने छलफलमा लोकतान्त्रिक गठबन्धन आवद्ध दलहरुसंगको चुनावी तालमेल र सिटसंख्या बाँडफाँडबारे छलफल हुने कार्यदल संयोजक निधीले जानकारी दिनुभयो । लोकतान्त्रिक गठबन्धनको हिजोको बैठकमा फोरम र राजपाले ७ वटै प्रदेशमा प्रतिनिधीसभाको ५५ सिट आफुहरुले पाउनुपर्ने माग गरेपछि झस्किएको कंग्रेसका कार्यदल सदस्यले आज शीर्ष तहमा छलफल गर्न लागेका हुन् । फोरम र राजपाले २ नम्वर प्रदेशमा २ तिहाई सिट पाउनुपर्ने दावी गरेका छन् । ३२ निर्वाचन क्षेत्र रहको २ नम्वर प्रदेशमा राजपा र फोरमले २४ सिट दावी गरेपछि कंग्रेस अफ्ठेरोमा परेको हो ।