बुटवल पाल्पा सडक खण्डको सिद्धवावामा बाटो मर्मतका लागि अपरान्न ४ बजे सम्मका लागि बाटो बन्द

बुटवल
असोज,२३
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल – तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रको सडक आज फेरि बन्द हुने भएको छ । आज बिहान १० देखि दिउँसो ४ बजेसम्म मर्मत हुने भएपछि सो सडक बन्द हुने भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय पाल्पाले सडक मर्मत छिटो गर्ने गरी काम अघि बढाएको जनाएको छ ।
तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–२ दोभान र सिद्धबाबाको बीचमा सडकमाथिदेखि ढुंगासहितको पहिरो खस्दा तीन जनाको मृत्यु भइसकेको छ । सिद्धबाबा क्षेत्रमा असोज ९ गतेदेखि पहिरो झर्न थालेपछि सडक अवरुद्ध हुँदै आएको थियो । बाटो पटक पटक अबरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ जाने यात्रुका साथै र बुटवलतर्फ जाने यात्रु मारमा परेका छन् ।