काग्रेस रुपन्देहीद्धारा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्धारको नाम सिफारिस

news

बुटवल, असोज २३ -
नेपाली काग्रेस रुपन्देहीले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्धारको नाम केन्द्रमा सिफारिस गरेको छ ।
 २ दिनसम्म चलेको बैठकले क्षेत्र नम्वर १ बाट पार्टी सभापति तथा खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, २ बाट महासमिति सदस्य युवराज गिरी र नेता गोकर्ण पौडेल, ३ बाट केन्द्रय सदस्य तथा पुर्वमन्त्रि बालकृष्ण खाण र पुर्वमन्त्रि रामकृष्ण ताम्राकार, ४ बाट महासमिति सदस्य अष्टभुजा पाठक र नेता प्रमोद यादव तथा ५ बाट भरत कुमार शाहको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक र प्रतिनिधि सभाको समानुपातिकका लागि करिव १ सय जनाको नाम सिफारिस गरिएको छ ।