इपिजी को पाँचौँ बैठक आज सकिदै

news

बुटवल, असोज २२-
नेपाल–भारत प्रबुद्ध समूह इपिजी को पाँचौँ बैठक आज सकिदै छ । हिजो देखि काठमाडौंमा सुरु भएको इ पि जीको पाचौ बैठक विभिन्न निर्णय गर्दै आज सकिन लागेको हो ।  राजधानीमा जारी बैठकले मूख्य एजेण्डा नेपाल–भारत सीमा व्यवस्थापन रहेको छ । इपिजीमा नेपाल र भारतका चाररचार जना सदस्य सहभागि रहेका छन् ।
बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५०, जलस्रोत क्षेत्रमा भएका सन्धि सम्झौता, व्यापार तथा पारवहन क्षेत्रमा भएका सम्पूर्ण सन्धि सम्झौतामा बुँदागत छलफल भएको नेपाली पक्षले जनाएको छ । २०७२ सालमा गठन भएको इपिजी बैठक नेपाल र भारतमा पालैपालो हुँदै आएको छ ।