९ लाख मुल्य बराबरका अवैध कपडा बरामद

बुटवल असोज २२-
बुटवल प्रंहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याएको झण्डै ९ लाख मुल्य बराबरका अवैध कपडा बरामद गरेको छ । भारतको दिल्लीबाट बाग्लुगका लागि हिडेको ना ४ ख ७२४९ नम्बरको बसमा लुकाइ छिपाइ ल्याएको झण्डै ५ लाख मुल्यको अवैध कपडा इलाका प्रहरी कर्यालय बुटवलले बरामद गरेको जनाएको छ । त्यस्तै ग १ च ६८२९ नम्बरको जिपमा लुकाइ छिपाइ ल्याइएको ४ लाख मुल्य बराबरको अवैध कपडा चेकजँच गर्ने क्रममा बरामद गरीएको हो । प्रहरीले भन्सार छली सामान ल्याउने तिलोत्तमामा मिनबहादुर दर्लामी र पोखराका बिनोद कुमार गुप्तालाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।