श्रीमानले चलाएको स्कुटीबाट खसेर मृत्यु

news

बुटवल,असोज २१-सुपा देउराली दर्शनको लागि बुटवलबाट सुपा जाने क्रममा  श्रीमानले चलाएको स्कुटीबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिकाको भेडामारेमा आफ्नै श्रीमानले चलाएको स्कुटीबाट खसेको बेला सँगसँगै आएको बसले किचेर एक महिलाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । एउटै दिशाबाट आइरहेका बस र स्कुटीमध्ये स्कुटीमा यात्रा गर्ने महिला खसेको र बसको पछिल्लो चक्काले च्याप्दा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। १ नयाँ मिल बस्ने अन्दाजी ४५ वर्षकी देवी कार्की घटनास्थलमै मृत्यु भएको छ ।