सितारा सहकारीको साधारण सभा सम्पन्न

news

बुटवल, असोज २१-
सितारा बचत तथा क्रृण सहकारी सस्था तिलोत्तमा ३ डाइभरटोलको दशौं बार्षिक साधारण सभा आज शंंकरनगरमा सम्पन्न भएको छ ।
साधारण सभाले सस्थाको कार्य क्षेत्र साबिकको शंकरनगर गाबिसलाई बिस्तार गरी तिलोत्तमा नगरपालिका बनाउने, सदस्यता बृद्धि गर्ने, सहकारी सदस्यहरुलाई कृषि पशुपालन रर उत्पादनमुलक क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने निणर्य गरेकको छ । सभाले अध्यक्ष मातृका ज्ञवालीको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष मिन प्रसाद पोेख्रेलको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक पिताम्वर खनालको लेखा प्रतिवेदन सर्बसम्मत पारित गरेको छ ।
यस अघि साधारण सभाको उदघाटन गर्दै जिल्ला सहकारी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद घिमिरेले हालै संसदबाट पारित सहकारी बिधियकले सहकारी क्षेत्रलाई व्यवस्थित मर्यादित बनाउदै अवाञ्छित गतिबिधि हुन नदिने बबताउनु भयो ।
उहाले यो बिधियक राष्टपतिबाट लालमोहर लागेपछी ३ बर्षपछी कुनै पनि सहकारी सदस्य एउटा सहकारी सस्थामा मात्रै सदसय बन्न पाउने बताउनु भयो ।उहाले रुपन्देहीमा बचत तथा क्रृण सहकारीको सख्या अत्यधिकभएकाले अव उत्पादनमुलक क्षेत्रका सहकारी दर्तामा कार्यालयले समन्वयात्मक भुमिका निर्वाह गर्ने बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष दिवाकर ढकालले सहकारीको बचतलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सके गृहणी महिलाहरु समेत आत्म निर्भर हुने भएकाले व्यापारलाई भन्दा उत्पादनललाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । सहकारीका अध्यक्ष ज्ञवालीको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा सहकारीका सस्थापक अध्यक्ष राम बहादुर खडका, उपाध्यक्ष गणेशश पन्थी, सदस्य शारदा पन्थी र अधिबक्कता केशव पोख्रेलले मन्तव्य व्यकत गरेका थिए । सोही अवसरमा गत बर्षको एसईई परिक्षमा उत्कृष्ठ अकं प्राप्त गरेका शेयर सदस्यका छोरा छोरीहरु र निवर्तमान अध्यक्ष अर्जुन पोख्रेललाई सम्मान गरीएको थियो ।