बुटवल उद्योग वाणिज्य संघको अधिबशेन निर्धारित समयमा नै हुने

बुटवल, २० असोज ।
बुटवल उद्योग वाणिज्य संघको ६४ ओै बार्षिक साधारण सभा तथा २३ औं अधिबशेन निर्धारित समयमा नै हुने भएको छ ।
निर्वाचन आयोगले अधिबेशन गर्न सहमति दिएपछी संंघको अधिबेशन पुर्व निर्धारित समयमा नै हुने भएको हो ।
 जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आचार संहिताका कारण अधिबेशन स्थगित गर्न बुटवलका बिभिन्न संघ सस्थालाई निर्देशन दिएपछी संघको अधिबेशन पनि अन्यौलमा परेको थियो ।
जिल्ला निर्वाचन कार्यालयको निर्देशन पश्चात संघको आकस्मिक बेठकले निणर्य पुनबिचारका लागि आयोगमा निबेदन दिने निणर्य गरेको थियो ।
संघले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत आयोगमा निबेदन दिएपछी आयोगले निर्धारित समयमा निर्वाचन गर्न सहमति दिएको संघका अध्यक्ष महेशमान सिंहले जानकारी दिनुभयो ।
आयोगको सहमति पत्र आज शुक्रवार संघले जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुझाएको छ ।
संघले शुक्रवारदेखि नै साधारण तथा अधिबेशनको तयारीलार्य तिब्र पारेकको छ । संघको निर्वाचन समितिले पनि निर्वाचन प्रक्रिया अघि बढाएको छ ।