कंग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

बुटवल, २० असोज ।

सत्ताको नेतृत्वकर्ता दल नेपाली कंग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा बाम गठबन्धनबाट पर्ने प्रभाव तथा लोकतान्त्रिक गठबन्धन निर्माणमा रहेका चुनौतिबारे केन्द्रीत रहेर छलफल हुने बताइएको छ । यस्तै मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौटका मापदण्ड र विधिबारे समेत छलफल हुने बताइएको छ । स्थानीय तहमा उम्मेद्धार भएकालाई प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा पनि कंग्रेसले आजको बैठकमा छलफल गर्ने जनाएको छ । बैठकले बामपन्थी ध्रुवीकरणका विरुद्दको रणनीति तय गर्ने नेताहरुले बताएका छन । यसअघि हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्ने लोकप्रियलाई उम्मेद्धार बनाउनुपर्नेमा जोड दिएका थिए ।