सकियो दशैं सस्तो बजार

news

बुटवल, ९ असोज । बुटवल उद्योग बाणिज्य संघले बुटवलमा सञ्चालन गरेको दशैं सस्तो बजार सकिएको छ । बिहिबारदेखि सुरु भएको दशैं सस्तो बजारमा २० हजार उपभोक्ता किनमेल गरेको र एक करोड ५० लाख कारोवार भएको बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य बिमलराज भट्टराईले जानकारी दिनुभयो ।
दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामानहरु नुन, तेल, चिनी, चिया, सावुन, चामल, आटा, चिउरा, अचार, अण्डा, चाउचाउ तथा जुत्ता चप्पल, पुजा सामाग्री, कुकर लगायतका एक सामानका एक स्टल राखिएको थियो । पाँच दिनसम्म सञ्चालन गरिएको दशैं सस्तो बजारमा ५० लाख रुपैंया नयाँ नोट सटही गरिएको थियो ।