३१ औं झरना कप नकआउट फुटबलको उपाधी युनाइटेड कपिलवस्तुललाई

बुटवल, असोज ७-
रुपन्देहीको कुन्जलापुरमा जारी ३१ औं झरना कप नकआउट फुटबल प्रतियोगिताको उपाधी युनाइटेड कपिलवस्तुले जितेको छ । हिजो भएको फाइनल खेलमा न्यू भैरवलाई २–१ ले पाखा लगाउदै कपिलवस्तु उपाधी चुम्न सफल भएको हो । यो संगै युनाइटेड कपिलवस्ुतले एक लाख ५० हजार जितेको छ भने न्यू भैरवले ८० हजारमा चित्त बुझाएको छ । त्यस्तै  सेमिफाइनलमा पुग्ने २ टिमले ११ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिए ।