लामा पहिलो नेपाल आइडल घोषित

बुटवल, असोज ७-
पोखराका बुद्ध लामा पहिलो  नेपाल आइडल घोषित भएका छन् ।  कतारमा भएको ग्राण्ड फिनालेमा   लामालाई तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएको भन्दै पहिलो  नेपाल आइडल घोषित गरियो  ।   बुद्धले महिन्द्राको कारका साथै २० लाख नगद हात  पारे ।  यस्तै  आइडलको फस्ट रनरअप  निशान भट्टराई बने  भने सेकेण्ड रनरअप  प्रताप दास बने । निशानले रु १५ लाख नगद र प्रतापले रु १० लाख प्राप्त गरे ।