झरना कप नकआउट फुटबलको फाइनल आज

बुटवल,असोज ६-
रुपन्देहीको कुन्जलापुरमा जारी ३१ औं झरना कप नकआउट फुटबल प्रतियोगिताको फाइनल आज हुदैछ ।  फाइनल प्रतिष्पर्धा उमा निमावि कुन्जलापुरको मैदानमा आज दिउसो साढे २ बजे शुरु हुदैछ । फाइनल खेल न्यू भैरव युवा क्लव र युनाइटेड कपिलवस्तुका बीचमा प्रतिष्पर्धा हुदैछ ।
प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ८० हजार तथा सेमिफाइनलमा पुग्ने २ टिमले ११ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिए ।