पुर्वमन्त्रि खाणद्धारा आफनो निर्वाचन क्षेत्रमा निर्माणाधिन बिकास आयोजनाहरुको निरीक्षण

news

बुटवल, २५ भदौ ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि बालकृष्ण खाणले आफनो पहलमा आफनो निर्वाचन क्षेत्रमा निर्माणाधिन बिभिन्न बिकास आयोजनाहरुको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।
३ दिनदेखि गृह जिल्ला रुपन्देहीमा रहनु भएका खाणले देवदह, मणिग्राम लुमिवनी सडक, हर्नैया मैनहीया सुर्यपुरा जाने पुल, रोहीणी नदीको सिंचाईबाध र नहरको अनुगमन तथा निरीक्षण गरी ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम सक्न निर्देशन दिनु भउको छ ।
पुर्वमन्त्रि खाणले आज देवदह र तिलोत्तमा नगरपालिकाको बीचमा पर्ने रोहीणी नदीमा निर्माणाधिन बाध र नहरको निरीक्षण गर्दै यस क्षेत्रको सिचाई र पर्यटन बिकासका लागि नमुना आयोजनाका रुपमा रहेको पक्किबाध र नहरलाई सोहीअनुसार गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । ४७ करोड लागतमा निर्माणाधिन आयोजनाको कामलाई बजेट अभाव हुन नदिने समेत उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाले देवदह मणिग्राम लुम्विनी सडकको पनि निरीक्षण गर्नुभयो ।
त्यस्तै हर्नैयादेखि  सुर्यपुरा जाने सडकमा निर्माणाधिन पुलको हिजो शनिवार र सेमलार तामनगर बीचको दानव नदीमा निर्माणधिन पुलको अस्ति शुक्रवार निरीक्षण गर्नु भयो ।
हर्नैया सुर्यपुरा सडकखण्डको पुल २२ करोड ८८ लाख र दानव नदीको पुल १६ करोड २४ लाखको लागतमा निर्माण हुदै छ ।