बेल्जियमा आत्मसमर्पण गरेका क्याटलोनियाका चारजना पूर्वमन्त्रीहरु रिहा

कार्तिक २०-
बेल्जियमा आत्मसमर्पण गरेका क्याटलोनियाका पूर्व नेता कार्लस पुज्डेमोन र चारजना पूर्वमन्त्रीहरु रिहा भएका छन् ।
एकतर्फी रूपमा क्याटोलनियाको स्वतन्त्रताको घोषणा गरेपछि स्पेन सरकारबाट बर्खास्त भएका नेता पुज्डेमोनले हिजो बेल्जियमको प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । सरकारको अनुमति विना देश नछाड्न र बसोबासबारे सम्पुर्ण जानकारी उपलव्ध गराउन वेल्जियमको अदालतले उनीहरुलई निर्देशन दिएको छ । पुज्डेमन सहित ४ मन्त्रीहरु सर्त सहित रिहा भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । देशद्रोह र राज्यकोषको दुरुपयोगसम्बन्धी आरोप लगाएर स्पेनले पुज्डमोन सहित ४ जना पूर्व नेताहरु विरुद्ध अन्तर्रा्ष्ट्रिय पक्राउ आदेश जारी गरेको थियो ।