संघ संस्थाहरु नै संघीय लोकतन्त्रका गहना : जनप्रतिनिधी

news


बुटवल,भाद्र २४
विभिन्न उद्श्यले संचालनमा आएका संघ संस्थाहरु नै संघीय लोकतान्त्रिक गणतन्त्रका गहना भएको एक कार्यक्रमका बत्ताहरुले जोड दिएका छन् । धारापानी रुपन्देही सम्पक मन्चको कार्यलय उद्घाटन कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले फरक फरक अस्थित्वका साथमा स्थापना भएका संस्थाहरुले लोकतन्त्रलाई मजमुत बनाएको बताएका हुन ।
कार्यलय उद्घाटन कार्यक्रममा शैनामैना नगरपालिका बडा नम्वर दुइका वडा अध्यक्ष कामदेव भूषालले यस प्रकारका सम्पर्क समाजहरुले आत्मियता र बन्दुत्वका लागि सकारात्मक भूमिका खेल्ने बताउनुभयो । त्यस्तै वडा नम्वर दुइका सदस्य मिनादेवी सुनारले आफू जन्मीएको धारापनीलाई रुपन्देहीबाट नै केही गर्ने सोच रहेकोमा सम्पर्क मन्चले पुरा गर्ने बताउनुभयो ।
यसैविच मन्चले बुटवल १३ जितगढिमा प्रधानकार्यलयको उद्घाटन गरेको छ । धारापनी ३ जन्मघर भइ हाल शैनामैना २ का वडा अध्यक्ष कामदेव भूषालले उद्घाटन गर्नुभयो ।
मन्चका अध्यक्ष प्रेम बन्जाडेको अध्यक्षता तथा महासचिव देविराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा सल्लाहाकार उमलाल बन्जाडे, दोण भूषाल, प्रथम उपाध्यक्ष कमल बन्जाडे, परसुराम बन्जाडे, बाबुराम बन्जाडे, गिता बन्जाडे लगाएतले बोल्नुभएको थियो ।