धारापानीको पदस्थापन तथा प्रथम बैठक सम्पन्न

news

भदौ १७ बुटवल-
धारापानी रुपन्देही सम्पर्क मन्चको दोस्रो अधिबेसनबाट निर्वाचित कार्य समितिले आज पदभार ग्रहण गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त श्यामलाल पोख्रेसलको अध्यक्षता तथा आयुक्त जीवनदीप प्रकृतिको संचालनमा भएको पदस्थापनमा निवर्तमान अध्यक्ष उमलाल बन्जाडेले नवनिर्वाचित अध्यक्ष प्रेम बन्जाडेलाई मूल माइनुट हस्तान्तरण गर्नुुभयो । साथै नवनिर्वाचित कोषाध्ध्यक्ष फर्सूराम बन्जाडेलाई निवर्तमान कोषाध्यक्ष रामप्रसाद भूषालले हरहिसाव माइनुट हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा मणिपाल हस्पताल पोखराका डाक्टर कृृष्ण खरेल,निवर्तमान अध्यक्ष उमलाल बन्जाडे, महासचिव डी. आर.  बन्जाडे, टानबहादुर केसी,  वावुराम बन्जाडे लगाएतले बोल्नुभएको थियो ।
साथै मन्चको प्रथम बैठक समेत सम्पन्न भएकोे छ । बैठकलले रत्तदान, भैलोे संचालन गर्न विभिन्न उपसमितिहरु गठन गरेको  सचिव राम प्रसाद भुुषाालले  जानाकारी दिनुभयो ।