विज्ञान समूहको नतिजा प्रकाशन

news

बुटवल, साउन २०-
राष्ट्रिय परीक्षा बोर्डले आज विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ । बोर्डको शुक्रबार बिहान बसेको बैठकले १२ को नतिजा प्रकाशन गरेको हो । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ७९।४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गतवर्ष ७३।४४ प्रतिशत उत्तीर्ण भएका थिए ।
बैशाखमा सञ्चालित परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी भएकोमध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा दिनेमध्ये १७ जनाको परीक्षा रद्द गरिएको उनले बताए ।
 त्यस्तै आंशिकतर्फ ४३।५९ प्रतशित विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ९ हजार ४ सय ८९ जना सहभागी भएकोमा ४ हजार १ सय ३७ जना उत्तीर्ण भएका छन् । ३ जनाको परीक्षा रद्द गरिएको बतासले बताए ।