आयल निगमको जग्गामा खरिदमा अनियमितता : लेखा समिति

बुटवल, साउन २०–
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न खरिद गरेका जग्गामा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ ।
समितिको आज बसेको बैठकले निगमले विधि र प्रक्रिया मिचेको भन्दै खरिदमा संलग्नलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेर पठाउने निर्णय गरेको छ ।
झापा, सर्लाही, चितवन र भैरहवामा खरिद गर्दा विधि र प्रक्रिया मिचिएको ठहर गरेको छ । समितिले खरिद गरिएका जग्गाहरु वास्तविक जग्गाधनीहरुसँग नगरी एजेन्टमार्फत बोलपत्रको माध्यमबाट गर्दा कैयौं गुणा महंगो परेको ठहर पनि गरेको छ ।