रुपन्देहीमा व्यवसायीलाई लक्षित गरी गोली चल्यो

news

बुटवल, साउन २० – रुपन्देहीमा एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्रामका व्यवसायी दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको रुपन्देहीका डिएसपी डेलबहादुर पाण्डेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
श्रीसा मार्बलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भए पनि दुर्गालाल मार्बल हाउसमा नभएकाले कुनै मानवीय क्षति नभएको डिएसपी पाण्डेले जानकारी दिनुभयो । शुक्रबार दिउँसो मोटरसाइकलमा आएका पहिचान हुननसकेका दुई जनाले दुई राउण्ड गोली हानेका थिए । गोली हाने लगत्तै फरार भएका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।