एक्जिम कोडका सम्वन्धमा अन्र्तक्रियात्मक कार्यक्रम

news

बुटवल, १० साउन ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आज बुटवलमा साउन १ गतेदेखि
सरकारले लागू गरेको एक्जिम कोड ( निकासी पैठारीकर्ता संकेत नम्वर ) का
सम्वन्धमा अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भैरहवा भंसार कार्यालयका प्रमुख भुपालराज शाक्य र सुचना अधिकृत
गोपाल भट्टराईले एक्जिम कोड लिने प्रक्रिया, यसबाट गरीने आर्यात निर्यात
व्यापारका सम्वन्धमा बिस्तृत जानकारी गराउनु भएको थियो ।उहाहरुले भंसारलाई
वयवस्थित एवं चुस्त बनाउनुका साथै आयात निर्यातमा संलग्न व्यवसायीहरुको
पहिचान गरी आवश्यक सहुलियत दिन पनि यो कोडको व्यवस्था गरीएको बताउनु
भयो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले
एक्जिम कोड लागू भएपछी नेपाल भारतको सीमामा हुने अबैध व्यापार नियन्त्रण
भएमा यसले नेपाली व्यवसायीहरुलाई फाइदा पुग्ने बताउनु भयो ।
संघका अध्यक्ष महेशमान सिंहले नया प्रबिधि र व्यवस्थामा जानु राम्रो भएपनि
त्यसलाई व्यवहारीक र सबैको पहुचमा पुर्याउन नसके व्यवस्थापनमा कठिनाई हुने
बताउदै व्यवसायीलाई दुख दिने नभई सहुलियत दिने तरिकाबाट यसको कार्यानवयन
हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल, महासचिव हरी प्रसाद
अर्याल, परामर्शदाता रतनलाल अग्रवाल, पुर्व उपाध्यक्ष जयप्रकाश गुप्ता सहित २
दर्जन बढी व्यवसायीहरुले एक्जिम कोड र भंसारमा अहिले देखिएका समस्याका
सम्वन्धमा जिज्ञासा राखेका थिए ।