शिवलिंग स्थापना गर्न अनुरोध

बुटवल, ६ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा रहेको मोक्षधाम सेवा आश्रमले सञ्चालन गरेको शिवपुराण महायज्ञ एवं श्रावणी महोत्सवमा भक्तजनको उपस्थिती उल्लेखनीय रहेको धामले जनाएको छ ।

साउनभरी सञ्चालन गरिएको महायज्ञ दर्शनका लागि पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका बिभिन्न जिल्लाबाट आउने भक्तजनहरुले माटो र सिक्का चढाउने गरेका छन् । मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकका अनुसार शिवपुराणमा उल्लेख भए अनुसार जसले शिवलिंग स्थापना गर्छ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुने र अन्त्यमा शिवलोक प्राप्त हुने भएकाले सक्ने श्रद्धालुलाई शिवलिंग स्थापना गर्न अनुरोध गरिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बिकास गर्नकालागि मोक्षधाम स्थापना गरि धार्मिक कार्यक्रम गर्दै आईएको छ ।