सन्राइज बैंक लि. बुटवल शाखाले महिलाका लागि मेहेन्दी उत्सव आयोजना

बुटवल साउन ६

सन्राइज बैंक लि. बुटवल शाखाले महिलाका लागि मेहेन्दी उत्सव आयोजना गरेको छ ।
बैंकको शाखा  कार्यालय बुटवलको मिलनचोकमा  आयोजना गरेकोउत्सवमा सय जना भन्दा वढी महिलाले मेहेन्दी लगाएकोप्रबन्धक राजेन्द्र घिमिरेले बताउनु भयो ।
अझै पनि धेरै जसो महिलाहरु बैंकको पहुँचमा हुनुहुन्न, उहाँहरुलाई आफ्नै नाममा बैंक खाता खोलेर उद्यमशील बन्न प्रेरित गर्ने लक्ष्यका साथ मेहेन्दी उत्सव गरिएको घिमिरेको भनाई छ ।