तेश्रो चरणको निर्वाचनमा राजपा सहभागी हुने प्रमुख निर्वाचन आयुक्तको विश्वास

news

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी (राजपा) पनि तेस्रो चरणमा हुने प्रदेश नं २ को चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नभ्एको छ । महोत्तरीमा आज आयोजित पत्रकार भेटघाटमा प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तह निर्वाचन सम्पन्न हुने बिश्वास ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ’तेस्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन । निर्वाचनमा राजपा पनि सहभागी हुन्छ ।’ प्रमुख आयुक्त यादवले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदै मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेको जानकारी दिनुभयो । आगामी असोज २ मा नै तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा उहाँको आग्रह थियो । यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गर्नुभएको थियो ।