टेवा फ्रेस मसला चिया बजारमा

news

बुटवल, साउन ५-
टेवा फ्रेस मसला चिया बजारमा आएको छ । आज बुटवलमा आयोजित एक कार्यक्रमका बीच सो चियाको लञ्चिङ गरिएको हो । बुटवलका व्यवसायी टंक गैरेको लगानीमा रहेको गैरे फुड प्रोडक्टस्ले चिया बजारमा ल्याएको हो । चियाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठले लञ्चिङ गर्नुभयो । लगानीकर्ता गैरेले चियापारखीलाई सन्तुष्ट पार्नेगरी चिया बजारमा ल्याइएको बताउनुभयो । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, लगायतले बोल्नुभएको थियो ।