मन्त्रीपरिषद्को बैठक आज बस्ने

news

बुटवल, साउन ५-
मन्त्रीपरिषद्को  बैठक आज बस्ने भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को  कार्यलयमा बस्ने बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नेे बताइएको छ ।
आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सरकारले प्रतिवेदन तयार गर्ने गरी छोटो समय दिएर आयोग गठन गर्ने तयारी थालेको हो ।
आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्या र भूगोललाई प्रतिनिधित्वका आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसङ्या र सदस्य सङ्या बीचको अनुपात यथासम्भव समान हुने गरी निर्धारण गर्नेछ ।
नेपालको संविधानको धारा, २८६ मा निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी व्यवस्था छ । संविधानबमोजिम सर्वाेच्च अदालतका सेवा निवृत्त न्यायाधीशको अध्यक्षतामा गठन हुने आयोगमा भूगोलविद् (एक), समाजशास्त्री वा मानवशास्त्री (एक), प्रशासनविद् वा कानूनविद् (एक) सदस्य रहने व्यवस्था छ । साथै बैठकमा मन्त्रालयगत र अन्य समसामयिक विषयमा  पनि छलफल हुने छ ।