अमेरिकी राष्ट्रपतीय चुनावमा भएको रुसी हस्तक्षेपबारे छानबिन

साउन ५-
अमेरिकी सिनेटका समितिहरुले राष्ट्रपति ट्रम्पका जेठा छोरा र अन्य दुईजनालाई बयान दिन बोलाएको छ । राष्ट्रपतीय चुनावमा भएको रुसी हस्तक्षेपबारे छानबिन गरिरहेको सिनेटले ट्रम्पका जेठा छोरासहित ३ जनालाई बयान दिन बोलाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा, उनका ज्वाईँ र पूर्व चुनाव प्रचार व्यवस्थापकले राष्ट्रपतीय चुनावका बेला रुसी अधिकारीहरुसँग सम्पर्क बढाएको आरोपबारे सिनेटका समितिहरुमा बयान दिने भएका छन् । गत वर्ष भएको राष्ट्रपतीय चुनावका बेला ट्रम्प निकट व्यक्तिले विदेशी शक्तिसँग किन साठगाँठ गरे भन्नेबारे प्रश्नहरु उठिरहेको बेला उनीहरुलाई बयान दिन डाकिएको हो । तीनै जनाविरुद्ध चुनावका बेला रुसी अधिकारीहरुसँग सम्पर्क बढाएको आरोप लगाइएको छ ।