राप्रपाको निष्कर्श : स्थानीय तह निर्वाचनको परिणाम निराशाजनक

news

बुटवल, साउन ४-
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुई चरणको स्थानीय तह निर्वाचनको परिणाम निराशाजनक रहेको निष्कर्श निकालेको छ । पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमितिको बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गर्दै पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै पार्टी एकीकरण पश्चातको परिणाम निराशाजनक रहेको बताउनुभएको छ । राप्रपाले अबलम्बन गरेका बिचार र नीतिको पक्षमा जनमत बलियो हुँदा समेत त्यसलाई मतमा रुपान्तरण गर्ने संगठनात्मक शक्ति अत्यन्त कमजोर रहेको प्रतिवेदनमा स्वीकार गरिएको छ । स्थानीय चुनावको असफलताको अध्ययन गर्न समिति गठन समेत भईसकेको अवस्थामा सुझाव सहितको प्रतिवेदन पेश भएपछि त्रुटि र कमजोरी सच्चाउने पार्टी अध्यक्षको कार्यपत्रमा उल्लेख छ ।