राजश्व संकलनमा सकारात्मक संकेत

बुटवल साउन ४-
गत आर्थिक वर्षमा लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजश्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा ६ खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । गत आवमा सरकारले कुल ५ खर्ब ६५ अर्ब ८९ करोड राजश्व संकलनको लक्ष्य राखेको थियो । सरकारले संकलन गरेको राजश्व लक्ष्यको तुलनामा १०८ दशमलव ११ प्रतिशत बढी भएको जनाएको छ ।

त्यस्तै, संकलित यो राजश्व संशोधित अनुमानको १०५ दशमलव २९ प्रतिशतले बढी भएको मन्त्रालयले जनाएको छ । गत आवमा संकलित राजश्व अघिल्लो आव २०७२।७३ को तुलनामा २६ दशमलव ९३ प्रतिशतले बढी हो । त्यस्तै, राजश्व वृद्धिदर अघिल्लो आवको तुलनामा २७ प्रतिशतले बढी देखिएको छ ।
यस्तै
चालू आर्थिक बर्षमा मुल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्षको ११ महिनाको मुलुकको वर्तमान आर्थिक स्थिति अनुसार यो बर्ष मुल्यवृद्धि २.८ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको सोही अवधीमा भने मुल्य वृद्धि ११.१ प्रतिशत रहेको थियो ।

केन्द्रिय बैंकका अनुसार यो बर्ष तरकारीको मुल्यमा १६.३, दलहन तथा गेडागुडीका मुल्यमा १७.५ घीउ तथा तेलको मुल्यमा १ प्रतिशतले कमी आएको छ । गत बर्षको उच्च मुल्य आधारमा मुल्य  आपुर्ती व्यवस्थापनमा आएको सुधारले यस बर्ष मुल्य वृद्धि कम भएको केन्द्रिय बैंकले जनाएको छ ।

यो बर्षपहाडमा ४ प्रतिशत, तराईमा ३.१ प्रतिशत, हिमालमा १.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.४ प्रतिशत मुल्य वृद्धि रहेको छ । अघिल्लो बर्षको सोही अवधीमा पहाडमा १२ प्रतिशत, तराईमा ९.५, हिमालमा १०.२ प्रतिशत र काठमाडौं उपत्यकामा १३ प्रतिशत मुल्य वृद्धि रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यो बर्ष हिमाल, पहाड र तराईभन्दा काठमाडौं उपत्यका सवैभन्दा सस्तो रहेको छ ।