आयोगद्धरा कांग्रेसको माग सम्वोधन, एक महिना सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

news

बुटवल, साउन ३-
नेपाली काग्रेसका नेता तथा पुर्वरक्षामन्त्रि बालकृष्ण खाँणलेनिर्वाचन आयोग र प्रधानमन्त्रिसंग भेट गरी फोटो सहितको मतदाता नामावली संकलनको समय बढाउन र स्थानिय तहबाटै नामावली संकलन गर्नपहल गरेपछी निर्वाचन आयोगले समय सिमा बढाउदै दर्ता प्रक्रियालाई सहज बनाएको छ ।
केही दिन अघि नेता खाँणले पार्टी केन्द्रिय सदस्य महेन्द्र यादव, आनन्द प्रसाद ढुगांना, रामहरी खतिवडा र अब्दुल रज्जाक सहित निर्वाचन आयोगमा डेलिगेशन गई समय सिमा बढाउने, स्थानिय तहबाटै नामावली संकलन गर्ने, जिल्ला भन्दा बाहिर रहेका हरुको हकमा बसेकै ठाउबाट नाम दर्ता गराउने व्यवस्था मिलाउनु पर्ने, बिगतमा आफनो मतदान केन्द्र भन्दा बाहिर नाम पर्न गएकाहरुलाई सम्वन्धित मतदान केन्द्र मै नामासारी गराउनु पर्ने र बिदेशमा रहेका नेपालीहरुको हकमा सम्वन्धित देशमा रहेका दुतावासलाई केन्द्र बनाई फोटो सहित मतदाता नामावलीमा समाबेश गर्नुपर्ने माग गर्नु भएको थियो ।
यसैबिच निर्वाचन आयोगको आज बसेको बैठकले बिदेशमा रहेका नेपालीहरुको नामावली संकलन बाहेकका अन्य माग सम्बोधन गर्ने निणर्य गरेको छ ।
 राजधानीको कान्तिपथस्थित आयोगको कार्यलयमा  बसेको बैठकले नामावली संकलनको समयावधी थप गर्दै साउन ३२ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि भन्दै निर्वाचन आयोगले साउन १ देखि १५ गते सम्म सम्बन्धित जिल्लाबाट मतदाता नामावली संकलन कार्य सुरु गरेको थियो ।यसअधि जिल्ला र क्षेत्रिय निर्वाचन कार्यालयबाट मात्रै नामावली संकलन गर्ने पूर्व व्यवस्था विस्तार गर्दै आयोगले आगामी १६ गतेबाट गाउँपालिका तथा नगरपालिकाको कार्यालयबाटै नामावली दर्ता र संकलन गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सदरमुकामस्थित निर्वाचन कार्यालयबाट जारी मतदाता नामावली संकलनको काम भने निर्वाचनको मिति घोषणा नभएसम्मका लागि निरन्तर जारी रहने बताउनुभयो । कानुनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलनमा रोक लगाएको छ । प्रवक्ता शर्माका अनुसार, काम विशेषले जिल्ला बाहिर रहेका बालिग नागरिकले आफु रहेको जिल्लाबाटै नाम दर्ता गराउन सक्नेछन् ।