प्रगतिशील लेखक संघ रुपमादेहीका उपाध्यक्ष केसीको सवारी दुर्घटनामा निदन

बुटवल, साउन २ -
प्रगतिशील लेखक संघ रुपमादेहीका उपाध्यक्ष तथा लेखक, साहित्यकार विकास केसीको सवारी दुर्घटनामा निदन भएको छ । रुपन्देहीको देवदह गणेशनगरमा भएको सडक दुर्घटनामा उहाको निधन भएको हो । बुटवलबाट जार्दै गरेको लु १ ख ६३९४ नम्मरको वसले  लु १० प २३१९ नम्मरको स्कुटीलमा जादै गनुभएका के सीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गंविर घाइते हुनुभएका के सीको उपचारका क्रममा मेडिकल कलेज भैरहवामा निधन भएको प्रहरीले जनाएको छ ।  तिलोत्तामा ८ निवासी ५८ बर्षिय विकास केसी साहित्य, सामाजिक तथा राजनीतिक क्षेत्रमा सकृय हुनुहुन्थ्यो । उहाको निधन प्रति प्रगतिशील लेखक संघ रुपन्देहीले गहिरो दुख व्यक्त गरेको छ । संघका रुपन्देही अध्यक्ष देवेन्द्र घिमिरे तथा सचिव डी. अर. संघरले शोक वक्तव्य जारी गर्दै शोकाकुल परिवारमा समवेदन प्रकट गरेको छ । त्यस्तै साहित्य संगम बुटवल, लुम्विनी वाङमय प्रतिष्ठान, परिदृष्य सहित्य प्रतिष्ठान लागएतका संघ संस्थाले उहाको निधन प्रति श्रद्धान्जली प्रकट गरेका छन् ।