नयाँ आर्थिक बर्ष शूरु

बुटवल, साउन १-
नयाँ आर्थिक बर्ष आज शूरु भएको छ । सरकारले गत जेठ १५ गते ल्याएको आर्थिक बर्ष २०७४र७५ को बजेट कार्यान्वयन शूरु भएको छ । स्थानीय तह निर्वाचनसंगै अधिकांश स्थानीय तहमा जनप्रतिनीधि आईसकेकाले पहिलो संघीय बजेट आजैदेखि कार्यान्वयन भएको छ । २ नम्वर प्रदेश र भरतपुर महानगरपालिका बाहेक सबै स्थानीय तहमा जनप्रतिनीधि आईसकेका छन् । यो आर्थिक बर्षदेखि स्थानीय निकायमा सिधै बजेट विनियोजन हुने भएकाले पनि बिकास निर्माणका काम सहज ढंगले अघि बढ्ने सरकारी दाबी छ ।