नयाँ शक्तीको धर्ना

news

बुटवल, साउन १-
बुढी गण्डकी जलविद्युत परियोजना आफ्नै पुँजीबाट निर्माणका लागि दवाव दिन नयाँ शक्ति पार्टीले आज माइतीघर मण्डलामा धर्ना दिंदैछ । परियोजना निर्माणको जिम्मा चिनियाँ गेजुवा कम्पनीलाई दिइएपछि संघर्षमा उत्रिएको नयाँ शक्तिले आज अपरान्ह ४ बजेदेखि एक घण्टा मण्डलामा धर्ना दिन लागेको हो । धादिङ र गोरखाको सीमाक्षेत्रमा निर्माण हुने जलासययुक्त बुढीगण्डकी परियोजनाबाट १२ सय मेगावाट बिद्युत उत्पादन गर्न सकिने बताइएको छ । सस्तो आयोजना भएकाले यसअघि सरकार आफैंले निर्माण गर्ने निर्णय गरेको थियो । तर पछिल्लो पटक पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो कार्यकालको अन्तिम समयमा परियोजना निर्माणको जिम्मा बिना प्रतिस्पर्धा बिबादास्पद चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । बिभिन्न क्षेत्रबाट सो निर्णयको आलोचना भइरहेको छ । नयाँ शक्तिले यसअघि प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै परियोजना आफैं निर्माण गर्न माग गरेको थियो ।