कांग्रेसले जोशीको शोकमा आज देशभारका कार्यलय बन्द गर्ने

news

बुटवल, साउन १-
नेपाली काँग्रेसले दिवंगत नेता रामहरि जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने भएको छ ।
साथै उहाको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाएको छ । स्व जोशीले राष्ट्रियता, प्रजातन्त्र, समाजजाद एवं प्रजातान्त्रिक आन्दोलनमा अनवरतरुपमा पु¥याउँदै आउनुभएको योगदानको उच्च सम्मान गर्दै उहाँलाई उच्च नेताको रुपमा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । जोशीको असार २९ गते ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । विसं १९८३ मा सर्लाहीमा जन्मिनु भएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित हुनुहन्थ्यो ।