राष्ट्रिय जनता पार्टी नेपाल : ५ नम्बर प्रदेश नेता कार्यकर्ता भेला

बुटवल, साउन १-

राष्ट्रिय जनता पार्टी नेपालका ५ नम्बर प्रदेशका  नेता कार्यकर्ताको भेला भैरहवामा सुरु हुदै छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको समीक्षा, पार्टीको आगामी रणनीति, समसामयिक घटना लगायतका छलफल गर्न आजका लागि भेलाको आयोजना गरिएको नेता हृदेश त्रिपाठीले जानकारी दिनुभएको छ ।
राजपाका नेताहरुले २ नम्बर प्रदेशलाई बढी महत्व दिएको र ५ नम्वर प्रदेशलाई बिशेष महत्व नदिएकाले पनि यस प्रदेशका नेतटाहरुले कार्यकर्तासंग छलफल गर्न भेला बोलाएका हुन ।