दुई संस्करणको ओलम्पिक आयोजना स्थल एकैपटक आइओसीबाट घोषणा

असार २८-
इन्टरनेशनल ओलम्पिक काउन्सिल आइओसीले सन् २०२४ र २०२८ को ओलम्पिक आयोजना स्थल एकैपटक घोषणा गरेर ऐतिहासिक निर्णय गरेको छ। आइसोसीले दुई ओलम्पिक स्थल एकैपटक घोषणा गरेको यो पहिलो पटक हो। घोषणापछि अब आगामी दुई संस्करणको ओलम्पिक र पारा ओलम्पिक  अमेरिका र फ्रान्समा हुनेछ ।
सन् २०२० को ओलम्पिक जापानको टोकियोमा हुँदैछ । आयोजनास्थल घोषणा हुनुअगाडी दुई शहरका प्रतिनिधीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।