पुनर्निर्माणका लागि डेढ खर्बको बजेट स्वीकृत

news

बुटवल, असार २८-
प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःनिर्माणको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको  बैठकमा प्रधानमन्त्री देउवाले पुनःनिर्माणको कामले गति लिन नसकेको भन्दै कामलाई तीव्रता दिन निर्देशन दिनुभएको हो ।

आजको वैठकले प्राधिकरणले तयार पारेको बजेट, भावी कार्ययोजना र आवश्यक संगठनात्मक संरचनासहितको प्रस्ताव स्वीकृत गरेको छ । प्राधिकरणले साउन १ गतेदेखि सोही बजेट र कार्ययोजनाको आधारमा पुनर्निर्माणको कामलाई अघि बढाउनेछ ।

बैठकले प्राधिकरणका लागि विनियोजना गरेको १ खर्ब ४५ अर्ब बजेट स्विकृत गरेको हो ।

प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिले स्विकृत गरेपछि मात्रै प्राधिकरणले विनियोजित बजेट खर्च गर्न पाउने कानुनी प्रावधान छ ।

प्राधिकरणको बजेट, कार्ययोजना र आवश्यक सगठनात्मक संरचनाका सम्बन्धमा तयार पारिएको प्रस्ताव आवश्यक निर्देशनसहित निर्देशक समितिबाट स्विकृत भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनु भयो ।