विपन्नलाई सिलाई कटाई तालिम

बुटवल, असार २८-अत्यान्ततै विपन्न गरिव तथा दुर्गम क्षेत्रका युवतीहरुले बुटवलमा
छ महिने सिलाइृ कटाई तालिम सिकेर आत्मनिर्भर बनेका छन् । व्यवसायीक तथा
सीप विकास तालिम केन्द्र बुटवलले गरेको सिलाई कटाई तालीमको एक
कायृक्रमका विचमा बुधबार समापन गरिएको छ ।
छ महिना देखि संञ्चालीत आवासीय  तालिमा देशका बिभिन्न ठाँउ वाट आर्थिक
कमजो भएका २० जना युवती तथा महिलाहरु  सहभगि भएका थिए । सिप विकास
तालीमकेन्द्रका प्रमुख वालकृष्ण पौडेलको अध्यक्षतामा भएको समापन अवसरमा
बोल्दै प्रमुख अतिथि रोट्ररीक्लव बुटवलका  अध्यक्ष राजेन्द्र लम्सालले धेरै पैसा
लगानि गरेर सीप सिकाएर मात्र नहुने भन्दै व्यावहारमा लागु गन सकिने सिप
आवश्यक रहेको बताउनु भयो । उहांले प्रशिक्षर्थीले सिकेको सीप लाई
प्रयोगमा ल्याएर आर्थिक उन्नति गर्नु पर्नेमा जोड दिनुभयो ।

समापन सत्रका अवसरमा ट्रेडयूनियनका अध्यक्ष काजीमान श्रेष्ठ, प्रेस यूनियन
रुपन्देहीका सभापति बिक्रम खड्का , प्रशिक्षक सरित क्षेत्री, ,सावीत्रा अर्याल,
आमोद सीमान गैंडा, हिमलाल वस्याल संगम मैनाली, प्रशिक्षार्थीका तर्फबाट
करिष्मा घर्ती मगर लगाएले धारण राख्नु भएको थियो । सो अवसरमा तलीममा
प्रथम, द्वितीय, तृतीय भयकालाई क्रमस ३ हजार २ हजार १ हजार नगदले पुरस्कृत
गरिएको थियो । सहभागी सवैलाई सिलाई मेसिन तथा प्रमाणपत्र वितरण पनि
गरिएको थियो ।