ज्ञानज्योतिमा ई लाईब्रेरी

news

बुटवल,असार २८-
बुटवल मिलनचोकमा रहेको ज्ञानज्योति पुस्तकालयमा ई लाईब्रेरी स्थापना भएको छ । २०४ औं भानु जयन्तीको अवसरमा ई –लाईब्रेरीको समुद्घाटन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष टुक बहादुर क्षेत्रीले जानकारी  दिनुभयो ।
विभिन्न विदेशी तथा स्वदेशी दाताहरुको सहयोगमा ९ वटा कम्प्युटरको व्यवस्थापन गरी स्थपना गरिएको ई लाईब्रेरीको भोली औपचारिक समुद्घाटन गर्ने  कार्यक्रम रहेको छ  ।