विदेशी साझेदार कम्पनीहरुलाई लाभांश फिर्ता लैजान रोक

news

 

असार २७, 
नेपाल राष्ट्र बैंकले विदेशी साझेदार कम्पनीहरुलाई लाभांश फिर्ता लैजान रोक लगाएको छ ।
ठूला करदाता कार्यालयले कर दायित्व फछ्र्यौटमा विवादीत एनसेल खरिद बिक्री प्रकरणलाई उद्धृत गर्दै लाभांश फिर्ता लैजान विदेशी कम्पनीलाई रोक लगाउन आग्रह गरेपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । राष्ट्र बैंकले बैंकिङ कार्यालयका साथै बाणिज्य तथा विकास बैंकहरुलाई आज पत्र लेख्दै लाभांस फिर्ता नदिन निर्देशन दिएको हो ।
ठूला करदाता कार्यालयले असार १८ गते नै पत्र पठाएपनि त्यसको ९ दिनपछि आज लाभांस भुक्तानी रोक्का राख्ने निर्णय गरेको राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डीतले जानकारी दिनुभयो । एनसेलले विदेशी साझेदारलाई भुक्तानीका लागि १० अर्ब रुपैयाँ लाभांस प्रस्ताव गरेको थियो ।
यसका लागि लाभांस कर ५ प्रतिशत समेत बुझाएर राष्ट्र बैकमा सटही सुविधा माग गरेको थियो । राष्ट्र बैंकले ठूला करदाता कार्यालयको आग्रहमा अर्को ब्यवस्था नभएसम्मका लागि भुक्तानी प्रयोजनका लागि विदेशी मुद्राको सटही सुविधा उपलब्ध नगराउने निर्णय गरेको निर्देशक पण्डितले बताउनुभयो । ठूला करदाता कार्यालयले एनसेलको स्वामित्वकर्ता कम्पनी रेनोल्ड होल्डिङका तत्कालिन स्वामित्वकर्ता टेलिया कम्पनी, अहिलेको एक्जियटालाई लाभांस वा कुनै पनि कर नेपाल बाहिर लैजान रोक लगाउन आग्रह गरेको थियो ।